काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुंम्बिनि प्रदेशका केहि भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भु–भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भु–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
पहाडी भू-भागमा हल्का बर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फाल्गुन ०१ गते (शनिबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ का पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना छ।
फाल्गुन ०२ गते (आईतबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना छ।
फाल्गुन ०३ गते (सोमबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का बर्षा हुने संभाबना छ।
राती: प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू-भागका धरैजसो स्थानमा आंशिक बदलिको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना छ।