Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

चोरी विरुद्ध वृत्त सातदोबाटोको अपरेशनः १० दिनमा १२ जना प्रहरीको फन्दामा

चोरी विरुद्ध वृत्त सातदोबाटोको अपरेशनः १० दिनमा १२ जना प्रहरीको फन्दामा

दैनिकी न्यूज

३०, माघ २०७७
चोरी विरुद्ध वृत्त सातदोबाटोको अपरेशनः १० दिनमा १२ जना प्रहरीको फन्दामा
images

ललितपुर । महानगरीय प्रहरी वृत्त सातदोबाटोले ललितपुरका विभिन्न स्थानमा भएको चोरी कार्यमा संलग्न भएको आरोपमा सामान सहित १२ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचना तथा प्रविधिको प्रयोग गरी चोरीमा संलग्नलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । ललितपुरको सातदोबाटो, हरिसिद्धि, इमाडोल लगायतका स्थानमा हुने चोरी/डकैती नियन्त्रण गर्न विशेष अपरेशन थालेकोमा १० दिनमा १२ जना चोर पक्राउ परेका हुन् ।

wood 1.PNG

गत माघ ९ गते ललितपुर–२८ हरिसिद्धिमा नबिन काठ उद्योगमा १३ लाख ४३ हजार १६६ मूल्य बराबरको बंकिराई जातको चिरान काठ चोरी भएको भनि वृत्त सातदोबाटोमा उजुरी परेको थियो । उजुरीको आधार र घटनामा संलग्न व्यक्तिहरुलाई बिभिन्न प्रबिधि मार्फत खोजी गर्दा माघ २५ गते काठसहित चोरीमा संलग्न ५ जनालाई वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको डीएसपी दिनेश घिमिरेले बताए । नियन्त्रणमा लिइएकाहरु रामेछाप दोरम्बा–१ घर भई काठमाडौं न्यूरोड बस्ने बिक्रम श्रेष्ठ, मकवानपुर ईन्द्रसरोवर–५ घर भई काठमाडौं मातातिर्थ बस्ने बिजय तामाङ, काठमाडौं सितापाईला बस्ने शिखर स्याङतान, ललितपुर लगनखेल बस्ने बुद्धरत्न स्याङतान र पाल्पा रिप्दीकोट–६ घर भई काठमाडौं जिल्ला चन्द्रागिरी–५ बस्ने भोज बहादुर बगाले रहेका छन् ।

त्यस्तै माघ १८ गते ललितपुर १७ ग्वार्कोमा पैदल हिड्दै गरेका व्यक्तिको मोबाईल चोरी गरी लगेको भनि वृत्त सातदोबाटोमा मौखिक जानकारी प्राप्त हुनसाथ पिडित व्यक्तिलाई साथमा लागि खोजी गर्दै प्रहरी गएका थिए । मोबाईल चोरी कार्यमा संलग्न २ जनालाई ६ थान मोबाईलसहित प्रहरीले नियन्त्रण लिएका थियो । पक्राउ पर्नेमा काभ्रेपालञ्चोक जिल्ला महाभारत गाउँपालिका वडा नं. ६ घर भई काठमाडौं चन्द्रागिरी–१० गुर्जुधारामा बस्ने रबिन वाईवा र ललितपुर–६ लगनखेलका सुमन आलेमगर रहेका छन् ।

माघ २० गते महालक्ष्मी नगरपालिका वडा नं. ५ टिकाथली स्थित राधा कृष्ण खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानी निर्माणको लागि महिला सामुदायिक भवनमा राखिएका सामानहरु करिब ७ लाख ८० हजार बरावरको धनमाल चोरी भएको थियो । चोरी भएको भनी वृत्त सातदोबाटोमा निवेदन परेको र निबेदनको आधारमा माघ २१ गते चोरी भएका सामान सहित ४ जनालाई पक्राउ गरिएको डीएसपी घिमिरेले बताए । पक्राउ पर्नेमा खोटाङ हलेसीचुताचुङ–५ घर भई हाल ललितपुर–७ बालकुमारी बस्ने होमराज राउत, खेमराज घिमिरे, धुर्व भन्ने एक बहादुर अधिकारी र रौतहट गौरराजदेवी–६ घर भई बालकुमारीमा कवाडी पसल संचालन गर्ने अनुप साह रहेका छन् ।

त्यस्तै माघ २० गते ललितपुर–१७ वाफल स्थित हेल्दी क्याफेमा खाजा खान गएका मोबाईल चोरी भएको थियो । ओखलढुङगा जिल्ला मानेभञ्ज्याङ– ९ घले गाउँ भई ललितपुर सातदोबाटो बस्ने सन्तोष मगर रहेको प्रहरीले जनाएको छ । चोरीमा संलग्न भएको सिमकार्ड तथा कोठा खानतलासी गर्दा चोरी भएको मोबाईल वरामद गरेको प्रहरीले जनाएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुलाई चोरी मुद्धामा अनुसन्धान भईरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख, डीएसपी दिनेश घिमिरेले जानकारी दिए ।

images
प्रकाशित मिति :माघ ३०, २०७७ शुक्रवार - ०८:३६:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology