Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

मौसम पूर्वानुमानः पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा

मौसम पूर्वानुमानः पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा

दैनिकी न्यूज

२८, माघ २०७७
मौसम पूर्वानुमानः पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

हाल सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भु–भागमा आँशिकदेखि सामान्य बदली रहि वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केहि भु–भागमा विहानपख हुस्सु÷कुहिरो लाग्न सक्ने हुदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ २८ गते (बुधबार)

दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती: बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ मा आँशिक देखि सामान्य बदली रही वाँकी भुभागहरुमा आँशिक बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

माघ २९ गते (बिहिबार)

दिउँसो : पहाडी भुभागमा आँशिक बदली रही वाँकी भुभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती:  सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आँशिक बदली रहि प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ३० गते (शुक्रबार)

दिउँसो : देशभर आँशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती:  सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आँशिक बदली रहि प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

images
प्रकाशित मिति :माघ २८, २०७७ बुधवार - ०८:२२:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology