Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

स्रोत नखुलेको ४९ लाख रूपैयाँसहित दुई भारतीय बाराबाट पक्राउ

स्रोत नखुलेको ४९ लाख रूपैयाँसहित दुई भारतीय बाराबाट पक्राउ

दैनिकी न्यूज

२५, माघ २०७७
स्रोत नखुलेको ४९ लाख रूपैयाँसहित दुई भारतीय बाराबाट पक्राउ
images

कलैया। बाराको दशगजा क्षेत्र नजिक भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवारलाई चेकजाँच गर्दा ४९ लाख रूपैयाँ नगद बरामद भएको छ।

कपडाको झोलामा बोकेको उक्त रकमको स्रोत खुलाउन नसक्दा प्रहरीले दुई भारतीयलाई पक्राउ गरेको छ। फेटा गाउँपालिका वडा नं. ५ जोतपुर टोलमा दशगजा क्षेत्र नजिकको सडक खण्डमा शनिबार प्रहरीले मोटरसाइकल रोकेर झोला चेकजाँच गरेको थियो।

दुई भारतीयले बोकेको झोलामा नगद बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, डीएसपी गौतम मिश्रले बताए।

बीआर ०५थ ६४१७ नम्बरको मोटरसाइकलसहित त्यसमा सवार विहारको मोतिहारी थाना हंसपुर ग्राम पञ्चायत–१० घोडासहानका २६ वर्षीय अरविन्द महतो र १४ वर्षीय किशोरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।कपडाको झोलामा बोकेको एक हजार दरको १ हजार ९२३ थान, ५०० को पाँच हजार ७०४ थान, १०० को एक हजार २०० थान र रु ५० को १०० थान रुपैयाँ बरामद भएको हो।यसबारे थप अनुसन्धान भइरहेको छ।

पक्राउ गरिएका दुवै जनालाई प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग काठमाडौंमा पठाउने भएको छ।

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - १७:०४:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology