Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

नक्कली नेपाली नोटसहित दुई पक्राउ

नक्कली नेपाली नोटसहित दुई पक्राउ

दैनिकी न्यूज

१८, माघ २०७७
नक्कली नेपाली नोटसहित दुई पक्राउ
images

कञ्चनपुर । सशस्त्र प्रहरीले बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।

लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको कमाण्डमा रहेको टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २०० , नक्कली नोट हजार दरको पाँच , मोबाइल फोन दुई थान, नगद रु १६०, मोटरसाइकलको लाइसेन्स, ब्लुबुक बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।

पक्राउ परेका दुवैलाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आवश्यक कारवाहीका लागि प्रहरीलाई बुझाएको छ । रासस

images
प्रकाशित मिति :माघ १८, २०७७ आइतवार - ०८:३२:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology