Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

यस्तो छ आगामी ३ दिनको मौसम

यस्तो छ आगामी ३ दिनको मौसम

दैनिकी न्यूज

१८, माघ २०७७
यस्तो छ आगामी ३ दिनको मौसम
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ।

हाल देशको पहाडी भु–भागका थोरै स्थानहरुमा र तराईका अधिकांश भु–भागहरुमा हुस्सु÷कुहिरो लागेको छ भने बांकी भु–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु–भागका एक(दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको साथै तराईका भू–भागहरुमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेृको छ

आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ १८ गते (आईतबार)

दिउँसो: प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।  

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।  

माघ १९ गते (सोमबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।  

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।  

माघ २० गते (मंगलबार)

दिउँसो : देशको पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती: देशको पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

images
प्रकाशित मिति :माघ १८, २०७७ आइतवार - ०६:२५:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology