काठमाडौं । हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव रहेको छ।
हाल देशका केही पहाडी भू–भागहरुको मौसममा आंशिक बदली भएको छ ।
त्यस्तै तराईका केही भू–भागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १५ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो प्रदेश नं। १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ ।
देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना छ ।
प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ।
त्यसैगरी आज राती प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।
देशका बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने सम्भावना छ ।
प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।