Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

स्रोत नखुलेको रकम सहित ५ जना पक्राउ

स्रोत नखुलेको रकम सहित ५ जना पक्राउ

दैनिकी न्यूज

१६, माघ २०७७
स्रोत नखुलेको रकम सहित ५ जना पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका-२२ न्यूरोडबाट स्रोत नखुलेको ३८ लाख ७ हजार रूपयाँ नगद र २२ लाख ८ हजार १ सय ५० रूपैयाँ लेखिएका २४ थान चेक सहित ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ बस्ने २७ वर्षीय भीमसेन बहादुर तमाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले शंकास्पदरुपमा हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त रकम र चेक फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि सम्पति सुद्दिकरण बिभाग पुल्चोक पठाइने उक्त वृत्तले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १६, २०७७ शुक्रवार - १४:०६:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology