काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ।
हाल देशको केही पहाडी भु–भागमा आंशिक बदलीको अवस्था रहेको छ, तराईका भु–भागमा बाक्लो हुस्सु÷कुहिरो लागेको छ भने बांकी भु–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
प्रदेश नं. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको साथै तराईका भू–भागहरुमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले सबैमा अनुरोध गरेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १६ गते (शुक्रबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।
राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ।
माघ १७ गते (शनिबार)
दिउँसो : प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।
राती : प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।
माघ १८ गते (आईतबार)
दिउँसो : प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।
राती : प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ।