Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

ट्रकको ठक्करबाट २८ वर्षीया युवतीको मृत्यु

ट्रकको ठक्करबाट २८ वर्षीया युवतीको मृत्यु

दैनिकी न्यूज

१५, माघ २०७७
ट्रकको ठक्करबाट २८ वर्षीया युवतीको मृत्यु
images

इलाम । इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा माईजोगमाई गाउँपालिका–३ की २८ वर्षीया सञ्जु आचार्य छिन्। इलामबाट झापातर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा आचार्यको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सूर्योदय नगरपालिका– १० का ४२ वर्षीय उमेश शाह र मृतक आचार्यको दुई वर्षीय बालक घाइते भएका छन्।

घाइते दुबै जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। ट्रक चालक पाँचथर हिलिहाङ–७ का ३६ वर्षीय भवानीप्रसाद तिमल्सिना प्रहरीको नियन्त्रणमा छन्। रासस

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - १०:०४:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology