Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

२ करोड ७५ लाख ठगी आरोपमा स्कूल सञ्चालक पक्राउ

२ करोड ७५ लाख ठगी आरोपमा स्कूल सञ्चालक पक्राउ

दैनिकी न्यूज

११, माघ २०७७
२ करोड ७५ लाख ठगी आरोपमा स्कूल सञ्चालक पक्राउ
images

काठमाडौं । झण्डै तीन करोड ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वल्ड स्कूलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई शनिबार काठमाडौंबाट पक्राउ गरेको छ ।

उनीहरूमाथि कोटेश्वरमा रहेको २ रोपनी १४ आना जग्गा बिक्रीका लागि २ करोड ७५ लाख बैना लिएर जग्गा नदिई रकम ठगी गरेको आरोप छ । उनीहरूले पीडितलाई बैना रकमसमेत फिर्ता नगरेपछि ठगी मुद्दामा परेको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए।

उक्त जग्गा अन्य बैंकमा रोक्का रहेको अवस्थामा ठगी गर्ने उद्देश्यले नै बैना गरेको पाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । उनीहरूविरुद्ध गत वर्षको फागुनमै उजुरी परे पनि आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - ०६:३०:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology