Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

सप्तरीमा तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु

सप्तरीमा तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु

दैनिकी न्यूज

१०, माघ २०७७
सप्तरीमा तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु
images

सप्तरी । सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ । जिल्लाको बिसनपुरबाट बोदे बरसाइनतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नम्बर २–०१–००१ प ६४०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार खडक नगरपालिका–८ का १८ वर्षीय सुदीप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी मोटरसाइकलको बीचमा सवार थिए ।

मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–८ का २७ वर्षीय सनी चौधरी र पछाडी सवार सोही ठाउँका १८ वर्षीय दिवेश चौधरी गम्भीर घाइते भएका छन् । उनीहरुको टाउको र शरीरको विभिन्न भागमा चोट लागेका कारण उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको शवको परीक्षणको तयारी भइरहेको अस्पतालले जनाएको छ । गत बिहीबार पनि जिल्लाको खडक नगरपालिका–११ बनौलीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको थियो । रासस

images
प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - १३:३८:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology