काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल सुदुर–पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको र तराई भू–भागहरु हुस्सु र कुहिरो लागेको को छ भने बाँकी भू–भागमा मौसम सामान्यतय सफा रहेको छ ।
देशको उच्च हिमाली भु–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केहि स्थानहरुमा बिहानीपख हुस्सु÷कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले सबैमा अनुरोध छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १० गते (शनिबार)
दिउँसो : सुदुर-पश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक /दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।
राती : सुदुर-पश्चिम, कर्णाली, र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एक /दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।
माघ ११ गते (आइतबार)
दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।सुदुर पश्चिम र प्रदेश न. १ को पहाडी भूभागका एक /दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।
राती : देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १२ गते (सोमबार)
दिउँसो : देशका प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशका प्रदेश न. १ प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।