Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

जवाफ पठाएको साता नाघिसक्यो, आयोगलाई निर्णय दिन सकस

जवाफ पठाएको साता नाघिसक्यो, आयोगलाई निर्णय दिन सकस

दैनिकी न्यूज

८, माघ २०७७
जवाफ पठाएको साता नाघिसक्यो, आयोगलाई निर्णय दिन सकस
images

काठमाडौं । नेकपाको दुवै पक्षले पार्टीमा गरेको हेरफेरको विवरण अद्यावधिकका लागि दिएको निवेदनउपर आयोगले अझैसम्म केही निर्णय लिएको छैन । आयोगले पुस २३ मा दुवै पक्षलाई ७ दिनको समय दिएर थप स्पष्टताको माग गर्दै पत्र पठाएको थियो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले पुस २९ मा आयोगलाई जवाफ पठाएका थिए । आयोगलाई पठाएको जवाफमा दुवै पक्षले आफ्नो समूहले बोलाएको केन्द्रीय कमिटी बैठक र त्यसले गरेका निर्णय वैधानिक रहेको दाबी गरेका छन् ।

दुवैले आफ्नो पक्षको निर्णयलाई आधिकारिक मान्न र त्यसैअनुसारको विवरण दल दर्ता किताबमा अद्यावधिक गरिदिन माग दाबी गरेका छन् ।

दुवै पक्षबाट जवाफ आएको साता नाघिसकेको छ तर आयोगले निर्णय दिएको छैन ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :माघ ८, २०७७ बिहिवार - ०७:४४:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology