Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

अवैधरूपमा काठ ओसारपसारमा संलग्न सातजना पक्राउ

अवैधरूपमा काठ ओसारपसारमा संलग्न सातजना पक्राउ

दैनिकी न्यूज

५, माघ २०७७
अवैधरूपमा काठ ओसारपसारमा संलग्न सातजना पक्राउ
images

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ दुईपिपलको कोल्पुटारबाट अवैधरूपमा लैजान लागिएको साल र फडिरको २३ गोलिया काठसहित नुवाकोट प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

सोमबार राति लैजान लागिएको अवैध सालको काठ २० गोलिया र फडिरको काठ तीन गोलिया गरेर ४४ घनफिट काठसहित काठ बोक्ने गाडी र संलग्न सात व्यक्ति पक्राउ परेको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तुलबहादुर कार्कीका अनुसार अस्थायी प्रहरी पोष्ट कोल्पुटारबाट खटिएको प्रहरीले अवैध काठ ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय नुवाकोटमार्फत डिभिजन वन कार्यालय नुवाकोटमा बुझाइएको छ ।

काठ ओसारपसारमा प्रयोग भएको प्रदेश नं ३ उल्लेखित ०१–०२४ च ४२७० नंको बोलेरो गाडी र संग्लग्न व्यक्तिलाई वन ऐनअनुसार कारवाही चलाउन लागिएको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ । वन कार्यालयको अनुमति नभई ओसारपसार गर्न नपाइने व्यवस्था भएको र रातको समयमा लुकाई लैजान लागेको काठ अवैध पाइएसँगै उनीहरुलाई जिल्ला अदालत नुवाकोटमार्फत कारवाही अघि बढाउन लागिएको कार्यालयका सूचना अधिकारी तुलाराम घिमिरेले जानकारी दिएका छन् । रासस

images
प्रकाशित मिति :माघ ५, २०७७ सोमवार - ०९:४८:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology