Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

मौसम पूर्वानुमानः पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी क्षेत्रको मौसम सामान्यतया सफा

मौसम पूर्वानुमानः पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी क्षेत्रको मौसम सामान्यतया सफा

दैनिकी न्यूज

५, माघ २०७७
मौसम पूर्वानुमानः पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी क्षेत्रको मौसम सामान्यतया सफा
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ ।

हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। हाल प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशको विभिन्न भू–भागहरुमा आकाशमा बादललागे संगै राम्रो संग घाम नालाग्दा दिउसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केहि भू–भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

माघ ५ गते (सोमबार)

दिउँसो :  देशका पहाडी भू-भागमा  आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशका पहाडी भू-भागमा आँशिक  देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का  पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

माघ ६ गते (मंगलबार)

दिउँसो :  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ।  

राती :  प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

माघ ७ गते (बुधबार)

दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

images
प्रकाशित मिति :माघ ५, २०७७ सोमवार - ०६:२७:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology