Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

दैनिकी न्यूज

२९, पौष २०७७
कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो
images

काठमाडौं । सर्वोच्च अदालतले कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै दायर भएका निवेदन खारेज गर्ने फैसला सुनाएको हो । अदालतले केही निर्देशनात्मक आदेश पनि जारी गरेको छ ।

भगवता अर्याललगायतले पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदूरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । प्रारूपअनुसार पाठ्यक्रम बनेर कार्यान्वयनमा गएको आठ महिनापछि अधिकार क्षेत्रको विषयमा प्रश्न उठाएर अदालतमा रिट दर्ता भएको हो ।

पाठ्यक्रम विकास केन्द्रले गत भदौदेखि कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गरेको थियो । १९ कात्तिकमा अर्यालले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काल लागू नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

अन्तरिम आदेशपछि कक्षा ११ मा अधिकांशले नयाँ पाठ्यक्रमअनुसार पढाएका थिए तर केही केही विद्यालयले पुरानो पाठ्यक्रमसँग मिल्दोजुल्दो विषय र केही विद्यालयले पुरानै पाठ्यक्रमअनुसार पढाएका थिए ।

सर्वोच्चले नयाँ पाठ्यक्रम लागू नगर्न आदेश दिँदा हाल कक्षा ११ लाई कुन पाठ्यक्रम पठनपाठन गराउने भन्ने अन्योल अन्त्य भएको छ । अब नयाँ पाठ्यक्रमअनुसार नै पठनपाठन हुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले नयाँ पाठ्यक्रमको प्रारूप स्वीकृत गरेसँगै देशभरको शिक्षण संस्थामा सोहीअनुसार पठनपाठन भइरहेको छ ।

चालू शैक्षिक सत्रमा कक्षा १ र ११ मा लागू भइसकेको पाठ्यक्रम कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको थियो । असोज २८ मा संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार गरेको दाबी गर्दै निवेदन दर्ता भएको थियो ।

राजधानी दैनिकमा खबर छापिएको छ ।

images
प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - ०६:३०:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology