काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत् यौन दुर्व्यवहार गरेको आरोपमा प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर, काठमाडौंले प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्यलाई सोमबार पक्राउ गरेको हो। परीसर प्रमुख, एसएसपी अशोक सिंहका अनुसार उनले विद्यार्थीलाई सामाजिक सञ्जाल मेसेन्जरमार्फत् अश्लिल शब्द प्रयोग गरेका थिए।
दुर्व्यवहार गरेपछि विद्यार्थीले दुई दिनअघि परिसरमा उजुरी दिएका थिए । उजुरी आएपछि उनलाई क्याम्पस बाहिरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनीमाथि अभद्र व्यवहारको मुद्दामा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।