काठमाडौं । चन्द्रागीरी नगरपालिका वडा नं. १० गुर्जुधारास्थित यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुस्ख हैरानी दिएको अभियोगमा बाँके कोहलपुर नगरपालिका–१० घर भएका २४ वर्षीय बाल कृष्ण खत्रीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यातायात कार्यालयमा आउने सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने र बाटो बाटै तानेर आफ्नो सटरतिर लैजाने गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरीले खत्रीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।