Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

मौसममा सुधार आएपछि काठमाडौंको वायु प्रदूषणको मात्रामा कमी

मौसममा सुधार आएपछि काठमाडौंको वायु प्रदूषणको मात्रामा कमी

दैनिकी न्यूज

२२, पौष २०७७
मौसममा सुधार आएपछि काठमाडौंको वायु प्रदूषणको मात्रामा कमी
images

काठमाडौं । मौसममा सुधार आएसँगै सघीय राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तरमा कमी आएको छ । मौसममा आएको परिवर्तनसँगै सोमवार र मंगलवार काठमाडौंलगायतका स्थानमा वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेको थियो ।

वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि सरकारले सूचना सार्वजनिक गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका बिरामीलाई सावधानी अपनाउन तथा सकेसम्म घर बाहिर ननिस्कन आग्रहसमेत गरेको थियो । माथि बादल र तल धुलोका कण जम्मा हुँदा धेरै तुवालो देखिएको थियो । भिजिबिलिटी ९दृश्यता० पनि निकै कम रहेको थियो ।

बुधवारदेखि मौसममा सुधार हुँदै आएको र केही स्थानमा मात्र थोरै बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

हिमपात र पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली नेपालमा कमजोर भएका कारण मौसममा सुधार आएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन् । रासस 

images
प्रकाशित मिति :पौष २२, २०७७ बुधवार - १८:२९:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology