Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

प्रतिनिधि सभा विघटनः अन्तिम सुुनुवाइ सुरु हुँदै

प्रतिनिधि सभा विघटनः अन्तिम सुुनुवाइ सुरु हुँदै

दैनिकी न्यूज

२२, पौष २०७७
प्रतिनिधि सभा विघटनः अन्तिम सुुनुवाइ सुरु हुँदै
images

काठमाडौँ । प्रतिनिधि सभा विघटनसम्बन्धी विचाराधीन रिटमा सर्वोच्चको संवैधानिक इजलासमा बुधबार (आज) देखि अन्तिम सुनुवाइ प्रारम्भ हुँदैछ ।

 

पुस १० गतेको आदेशानुसार इजलासमा अन्तिम सुनुवाइ हुन लागेको हो । अदालतले अन्तिम सुनुवाइका लागि सबै विपक्षीसँग पुस १९ गतेभित्र लिखित जवाफ माग गरिसकेको छ । बुधबारदेखि रिटमा अन्तिम सुनुवाइ हुँदैछ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा १४ वटा रिट विचाराधीन छन् ।

 

अदालतले पुस १० गते लिखित जवाफ पेस गर्ने र अन्तिम सुनुवाइको मिति तोकेको थियो । लिखित जवाफ पेसको समय थप नगर्न पनि इजलासले आदेशमै उल्लेख गरेको थियो । साथै २२ गतेबाट अन्तिम सुनुवाइको मिति तोकेको थियो । अदालतले सो आदेशसँगै प्रतिनिधि सभा विघटनसन्बन्धी सिफारिस र निर्णयको सक्कलै प्रति राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउन आदेश गरेको थियो । यस्तै इजलासले संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव पनि माग गरेको थियो । प्रस्ताव पठाउँदा निवेदनसँगै मिति, दर्ता समय खुल्ने सक्कल रजिस्टरसमेत झिकाउन आदेशमा भनिएको थियो । आदेश अनुसारका कागजात संसद्ले सर्वोच्चमा पठाइसकेको छ ।

 

यस्तै इजलासले नेपाल बार एसोसिएसनबाट तीन तथा सर्वोच्च अदालत बार एसोसिएसनबाट दुई जना अदालतको सहयोगी ९एमिकस क्युरी० माग गर्न आदेश पनि गरेको थियो । आदेशअनुसार नेपाल बारले वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीको नाम सिफारिस गरेको छ । यस्तै सर्वोच्च बारले वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र गीता सङ्गौलालाई एमिकसमा सिफारिस गरेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

images
प्रकाशित मिति :पौष २२, २०७७ बुधवार - ०७:१८:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology