Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

प्रस्ताव दर्ताका सम्बन्धमा यसअघि नै स्पष्टः सभामुख सापकोटा

प्रस्ताव दर्ताका सम्बन्धमा यसअघि नै स्पष्टः सभामुख सापकोटा

दैनिकी न्यूज

१८, पौष २०७७
प्रस्ताव दर्ताका सम्बन्धमा यसअघि नै स्पष्टः सभामुख सापकोटा
images

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावका सन्दर्भमा यसअघि नै सचिवालयले स्पष्ट पारिसकेकाले अनावश्यक भ्रम उत्पन्न गर्नुको अर्थ नभएको बताएका छन् ।

यही पुस ५ गते ९० जना सांसदले सङ्घीय संसद् सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावका सन्दर्भमा आफूलाई समेत जोडेर टिप्पणी गरिएको भन्दै उनले थप स्पष्ट पार्न प्रेस नोट जारी गरिएको उल्लेख गरेका छन् ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेद्वारा जारी प्रेस नोटमा भनिएको छ, ‘सभामुखलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखले दर्ताका लागि लिखित निर्देशन दिएका हुन् । तत्पश्चातका प्रशासनिक प्रक्रियालाई समेत जोड्दै उनलाई विवादमा ल्याउनु वाञ्छनीय छैन ।’

तथ्यहरुलाई एकातिर पन्छाएर सभामुखलाई समेत विवादमा तान्ने प्रयासस्वरूप सिर्जना गरिएको भ्रममा नपर्न प्रेस नोटमा आग्रह गरिएको छ । अविश्वासको प्रस्ताव दर्ता समयका सम्बन्धमा संसद् सचिवालयका प्रवक्ताद्वारा यही पुस ८ गते प्रेस विज्ञप्तिमार्फत स्पष्ट गरिसकिएको समेत प्रेस नोटमा स्मरण गरिएको छ । रासस

images
प्रकाशित मिति :पौष १८, २०७७ शनिवार - ०६:२४:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology