Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

६ हजार घुस खाएको अभियोगमा प्रहरी हवल्दार पक्राउ

६ हजार घुस खाएको अभियोगमा प्रहरी हवल्दार पक्राउ

दैनिकी न्यूज

१८, पौष २०७७
६ हजार घुस खाएको अभियोगमा प्रहरी हवल्दार पक्राउ
images

इटहरी । ईलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादव अख्तियारको फन्दामा परेका छन् ।

स्थानीय व्यापारी विनोद शाहसँग ६ हजार रुपैयाँ घुस लिएको आरोपमा यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

यादवले भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

images
प्रकाशित मिति :पौष १८, २०७७ शनिवार - ०६:१४:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology