Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

मौसम पूर्वानुमानः केही स्थानमा हिमपातको सम्भावना

मौसम पूर्वानुमानः केही स्थानमा हिमपातको सम्भावना

दैनिकी न्यूज

१५, पौष २०७७
मौसम पूर्वानुमानः केही स्थानमा हिमपातको सम्भावना
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन प्रकाशन गरेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाकी भू–भागमा आंशिक बदली रहेको छ।

तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू–भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान

पौष १५ गते (बुधबार)

दिउँसो :  सुदुरपश्चिम र कर्णाली  प्रदेशमा आंशिकदेखि सामान्य बदली साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेश तथा प्रदेश १ का उच्च हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राती : गण्डकी प्रदेश र  प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

 

पौष १६ गते (बिहीबार)

दिउँसो :  सुदुरपश्चिम, कर्णाली  प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक  बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। 

राती : सुदुरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

 

पौष १७ गते (शुक्रबार)

दिउँसो :  सुदुरपश्चिम र कर्णाली  प्रदेशका पहाडी भू-भागमा आंशिक  बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। 

राती :  कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भाग साथै सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  

 

images
प्रकाशित मिति :पौष १५, २०७७ बुधवार - ०९:०८:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology