Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

भारतीय नक्कली नोटसहित दुई जना पक्राउ

भारतीय नक्कली नोटसहित दुई जना पक्राउ

दैनिकी न्यूज

११, पौष २०७७
भारतीय नक्कली नोटसहित दुई जना पक्राउ
images

विराटनगर । गए राति भारतीय नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बौका चोप्रहा निवासी ३० वर्षीय कुन्दनको साथबाट २०० का भारतीय नक्कली नोट रु तीन हजार ४०० र अर्का भारतीय नागरिक शिवरञ्जन सिंहका साथबाट १०० को भारतीय नक्कली नोट रु १४ हजार ३०० बरामद गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

प्रहरीले दुवै जनालाई मोरङको रंगेली नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरेको छ। रासस

images
प्रकाशित मिति :पौष ११, २०७७ शनिवार - १७:५७:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology