Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

बैंकिङ कसुरमा बैंकका शाखा प्रबन्धकसहित पाँच पक्राउ

बैंकिङ कसुरमा बैंकका शाखा प्रबन्धकसहित पाँच पक्राउ

दैनिकी न्यूज

६, पौष २०७७
बैंकिङ कसुरमा बैंकका शाखा प्रबन्धकसहित पाँच पक्राउ
images

काठमाडौं । बैंकिङ कसुर मुद्दामा ऋणी र बैंकका शाखा प्रबन्धकसहितका व्यक्ति संलग्न रहेको खुलेको छ । उक्त कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महालक्ष्मी विकास बैंकको विभिन्न शाखा कार्यालयका प्रबन्धक र पूर्वप्रबन्धकलाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ गौशाला बस्ने तत्कालीन बैंकका शाखा प्रबन्धक स्मृति राना, कास्की पोखरा घर भई चन्द्रागिरि बस्ने शाखा प्रबन्धक पिङ्कु पालिखे र मोरङको विराटनगर घर भई ललितपुर बस्ने शाखा प्रबन्धक अनिस सिंह सिजापति रहेको ब्यूरोले जनाएको छ ।

उनीहरुले ऋणीसँगको मिलेमतोमा कम तौलका सुनका गरगहना बढी तौलको देखाई अत्यधिक मूल्यांकन गरी बढी ऋण लिएको र हालसम्म सावाब्याज नतिरेको खुल्न आएको ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । उनीहरुले बैंकलाई रु सात करोड ४२ लाख ६१ हजार नोक्सानी पु¥याएको जनाइएको छ ।


बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा ऋणीलाई मङ्सिर २६ गते पक्राउ गरिएको थियो । पक्राउ पर्ने ऋणीमा खोटाङका पूर्ण राई, देवानन्द राई र धनकुटाका सन्दीप लिम्बू रहेको प्रहरीले जनाएको छ । रासस

images
प्रकाशित मिति :पौष ६, २०७७ सोमवार - ०९:२२:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology