Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

अर्काको नाममा परीक्षा दिने पक्राउ

अर्काको नाममा परीक्षा दिने पक्राउ

दैनिकी न्यूज

२१, मंसिर २०७७
अर्काको नाममा परीक्षा दिने पक्राउ
images

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ७ स्थित लोक सेवा आयोगको कार्यालयबाट हुम्ला सर्केघाट गाउँपालिका–४ बस्ने २३ वर्षीय राम जंग शाहीको नाममा प्राविधिक प्रहरी जवानतर्फको परीक्षा दिइरहेको अवस्थामा हुम्ला सर्केघाट गाउँपालिका–४ बस्ने २२ वर्षीय राम शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले राम जंग शाहीको नाममा राम शाहीले परीक्षा दिइरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - १२:५९:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology