Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

ओलीको चेतावनी ‘अध्यक्ष र प्रधानमन्त्री छोड्दिनँ, जे गर्नुहुन्छ, गर्नुस्’

ओलीको चेतावनी ‘अध्यक्ष र प्रधानमन्त्री छोड्दिनँ, जे गर्नुहुन्छ, गर्नुस्’

दैनिकी न्यूज

२१, मंसिर २०७७
ओलीको चेतावनी ‘अध्यक्ष र प्रधानमन्त्री छोड्दिनँ, जे गर्नुहुन्छ, गर्नुस्’
images

काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा सहमतिअनुसार अघि बढ्नुपर्ने पद्धतिलाई तिरस्कार गर्न खोजिएकामा असन्तुष्टि व्यक्त गर्दै कुनै पनि हालतमा प्रधानमन्त्री र अध्यक्ष पद नछोड्ने बताएका छन् । शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले महाधिवेशन नहँुदासम्म हरेक निर्णय सहमतिमै गर्नुपर्ने नियम भत्काई पार्टी एकताको स्प्रिट तोड्न लागेकामा आक्रोश व्यक्त गर्दै आफूलाई महाधिवेशनअघि अध्यक्षबाट र निर्वाचनअघि प्रधानमन्त्रीबाट कसैले हटाउन नसक्ने चेतावनी दिएका छन् ।

सचिवालय बैठकबाटै सहमति खोज्ने प्रयास भए पनि दुई अध्यक्षको प्रस्तावबारे सहमति खोज्न शनिबारको सचिवालय बैठक असफल भएको छ । प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको विवाद सचिवालय बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिएका थिए तर सहमति हुन नसकेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल पक्षले भने दुवै प्रस्ताव स्थायी समितिको बैठकमा लगेर छलफल गर्नुपर्नेमा जोड दिएका थिए । सचिवालय बैठकले सहमति खोज्न नसकेपछि दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा लगेर छलफल गर्ने गरी सचिवालय बैठकले निर्णय गरेको छ । जसअनुसार आज आइतबार ९२१ मंसिरमा० पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बस्ने निर्णय गरिएको छ । प्रधानमन्त्री ओलीले भने स्थायी कमिटीको बैठक केही दिनपछि राख्न प्रस्ताव गरेका थिए । सचिवालय बैठकमा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा कार्यदल बनाएर पार्टीको संकट निवारण गर्नुपर्ने प्रस्ताव राखेका थिए तर नेता गौतमले थापाको प्रस्ताव अस्वीकार गरे । प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको विवाद समाधान गर्न गृहमन्त्री तथा सचिवालय सदस्य थापाले ल्याएको प्रस्ताव प्रभावकारी हुन सक्ने भन्दै थापाको प्रशंसा गरेका थिए । सचिवालय बैठकमा थापाले ल्याएको प्रस्तावमा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा महासचिव विष्णु पौडेललले सहमति जनाएका थिए ।

अध्यक्ष तथा प्रधाननमन्त्री ओलीले विभिन्न गलत उद्देश्य पूरा गर्न बैठकमा बल प्रयोग गर्न थालिएको भन्दै त्यसको सशक्त प्रतिरोध गरिने बताए । ‘तपाईंहरूले बल प्रयोग गरेर जसरी पनि बैठक राख्नुभएको छ, सहमति भाँड्न खोज्नुभएको छ, त्यो कार्य मेरा लागि मान्य हुने कुरै छैन,’ प्रधानमन्त्री ओलीले भने । वरिष्ठ नेता नेपालले ओलीमा अझै घमण्ड र अहंकार रहेको भन्दै सच्चिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

सचिवालय बैठक बस्नुअघि दुई अध्यक्ष ओली र दाहालले छुट्टाछुट्टै छलफल गरेका थिए । उनीहरूबीच तीन हप्तादेखि संवाद हुन सकेको थिएन । तर लामो संवादहीनता तोड्दै दुई अध्यक्षबीच गोप्य छलफल भएपछि नेकपामा देखिएको संकट केही मत्थर हुने विश्वास गरिएको थियो तर शनिबारको सचिवालय बैठकमा कुनै सहमति भएन ।

यो खबर आजको राजधानी दैनिकमा सुभाष शाहले लेखेका छन् ।

images
प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - ०८:४३:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology