Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

मौसम पूर्वानुमानः पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात

मौसम पूर्वानुमानः पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात

दैनिकी न्यूज

२१, मंसिर २०७७
मौसम पूर्वानुमानः पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन प्रकाशन गरेको छ । महाशाखाका अनुसार हाल भारतको बिहार र आसपासमा न्युन चापिय प्रणाली रहेको छ ।

हाल देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ ।

प्रदेश नं १ को थोरै स्थानहरु साथै बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षासहित देशको उच्च पहाडी तथा हिमाली भू–भागको १–२ स्थानहरुमा हल्का हिमपातको संभावना हुनुका साथै देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर २१ गते (आइतबार)

दिउँसो : प्रदेश नं १ तथा बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली, कर्णाली र सुदुर पश्चिमी प्रदेशका पहाडि भू-भागमा  र प्रदेश नं २ मा आंशिक बदली रहि  बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश नं १ को थोरै स्थानहरु साथै बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको १-२ स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राती : प्रदेश नं १ तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा सामान्यतया सफा रहनेछ ।   प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानहरुमा हल्का हिमपातको संभावना हुनुका साथै प्रदेश नं १ का १-२ स्थानहरुमा हल्का वर्षा र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट वर्षाको सम्भावना छ । 

मंसिर २१ गते (सोमबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र प्रदेश ५ आंशिक बदली रहि  बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ का पहाडी भू-भागका १-२ स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।

मंसिर २३ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका  भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा प्रदेश २ र लुम्बिनी प्रदेशमा आंशिक बदली रहि  बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।  प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राती : प्रदेश नं १ तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहि प्रदेश नं २ र लुम्बीनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

images
प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - ०८:१२:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology