Logo

बिहिवार, आश्विन २९ गते २०८३

images

डोटीमा जीप दुर्घटना, ३ जनाको मृत्यु

डोटीमा जीप दुर्घटना, ३ जनाको मृत्यु

दैनिकी न्यूज

२१, मंसिर २०७७
डोटीमा जीप दुर्घटना, ३ जनाको मृत्यु
images

डोटी । बोगटान फुड्सिल–७ चवराचौतारामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

दिपायलबाट चवराचौताराका लागि हिडेको म १ च ५५० नम्बरको जीप दुर्घटना हुँदा बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौताराका वडा सचिव (नायब सुब्बा) वर्ष २८ की मञ्जु त्रिपाठी र उनकी सासू आमा र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत केआईसिंह गाउँपालिका वडा नं ४ चनेकेसैन निवासी कृर्षि प्राबिधिक हरि भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घाइते हुनेहरूमा ग्लोबल आईएमई बैँकमा कार्यरत सुरक्षा गार्ड टिकाराम गिरी, उनकी श्रीमती खेमा गिरी, खत्याडी माध्यामिक विद्यालयका शिक्षक हेमन्त भट्ट, चालक कैलाश बम, मृतक मञ्जु त्रिपाठीका तिन वर्षीय छोरा घाइते भएका छन् ।

भिरबाट करिब २०० मिटर तल खस्दा मृतक र घाइतेहरूको विवरण तयार हुन सकेको छैन । घाइतेको उद्धार र मृतकको शव सङ्कलनको कार्य जारी रहेको छ ।

घाइतेहरूको स्थानीय, गाउँपालिकाका कर्मचारी र प्रहरी मिलेर उद्धार गरिएको छ ।

दिपायलबाट खत्याडीका लागि हिडेको जीप दुर्घटना भएको हो ।

images
प्रकाशित मिति :मंसिर २१, २०७७ आइतवार - ०८:०४:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology