Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

मौसम पूर्वानुमानः पहाडी भू-भागमा आंशिक बदली

मौसम पूर्वानुमानः पहाडी भू-भागमा आंशिक बदली

दैनिकी न्यूज

१७, मंसिर २०७७
मौसम पूर्वानुमानः पहाडी भू-भागमा आंशिक बदली
images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भू–भागमा आंशिक बदली आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर १७ गते (बुधबार)

दिउँसो : बाग्मती  प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

राती : गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

मंसिर १८ गते (बिहिबार)

दिउँसो : लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

राती : लुम्बिनी, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।देशका बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । 

मंसिर १९ गते (शुक्रबार)

दिउँसो : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम आंशिक बदली रहनेछ । 

राती : देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा छिटपुट वर्षाको सम्भावना छ । बाँकि स्थानहरुमा मौसम आंशिक बदली रहनेछ ।

 

images
प्रकाशित मिति :मंसिर १७, २०७७ बुधवार - ०८:१५:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology