Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

नक्कली नोटसहित २४ वर्षीय युवक पक्राउ

नक्कली नोटसहित २४ वर्षीय युवक पक्राउ

दैनिकी न्यूज

१४, मंसिर २०७७
नक्कली नोटसहित २४ वर्षीय युवक पक्राउ
images

कञ्चनपुर । नक्कली नोटसहित एक पुरुष पक्राउ परेका छन् । भिमदत्त नगरपालिका १८ बस्ने २४ वर्षीय दिपक नाथलाई १ हजार दरको ३ वटा नक्कली जस्तो देखिने नोट सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

दिपकले भिमदत्त नगरपालिका ४ स्थित एक पसलबाट सामान किनी पैसा दिने क्रममा नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर १४, २०७७ आइतवार - १४:१३:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology