Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

दैनिकी न्यूज

१३, मंसिर २०७७
प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ
images

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ ।

जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले शुक्रबार बेलुका सान्नीत्रिवेणी गाउँपालिका–४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी सुर्खेतमा बस्दै आएका २८ वर्षीय बिलबहादुर धामीलाई पक्राउ गरेको हो ।

धामीलाई रु १२ हजार नगदसहित पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।

“समुदायमा म प्रहरी हुँ भन्दै ठगी गरेको विशेष सूचनाको आधारमा हामीले उनलाई पक्राउ गरेका हौँ”, उनले भने, “पक्राउ परेका धामीलाई सोधपुछ गर्दा भने म वनरक्षक हुँ भनी बताएको बयान दिएका छन् ।” उनको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस

images
प्रकाशित मिति :मंसिर १३, २०७७ शनिवार - ०७:५७:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology