Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

गाउँपालिका कार्यालयमा बम विस्फोट गराएको आरोपमा ६८ वर्षीय वृद्धसहित दुई पक्राउ

गाउँपालिका कार्यालयमा बम विस्फोट गराएको आरोपमा ६८ वर्षीय वृद्धसहित दुई पक्राउ

दैनिकी न्यूज

१२, मंसिर २०७७
गाउँपालिका कार्यालयमा बम विस्फोट गराएको आरोपमा ६८ वर्षीय वृद्धसहित दुई पक्राउ
images

उदयपुर । पाँच दिनअघि उदयपुरका ताप्ली गाउँपालिका कार्यालयमा बम विस्फोट गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बम विस्फोट गराएको आरोपमा ताप्ली गाउँपालिका–५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र ताप्ली(१ ओख्लेका ३५ वर्षीय रितु विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए।

विक नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका उदयपुर जिल्ला सदस्य र देवकोटा समूहका जिल्ला सल्लाहकार तथा जिल्लाकै लिम्चुङबुङ गाउँपालिकाको इन्चार्ज रहेको दाबी प्रहरीले गरेको छ।

पाँच दिनअघि रातिको समयमा ताप्ली गाउँपालिकाको कार्यलयभित्र प्रमुख प्रशासकीय अधिकृत, कार्यकारी अधिकृत र उपाध्यक्षको कार्यकक्षमा दुईवटा सुतली बम बिस्फोट भएको थियो।

गोप्य सूचनाका आधारमा गहिरो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय कटारीको टोलीले उनीहरुलाई गाउँबाटै पक्राउ गरेको एसपी दाहालले बताए। रासस

images
प्रकाशित मिति :मंसिर १२, २०७७ शुक्रवार - ०९:४४:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology