Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

शिवम् सिमेन्ट उद्योगमा आगलागी

शिवम् सिमेन्ट उद्योगमा आगलागी

दैनिकी न्यूज

६, मंसिर २०७७
शिवम् सिमेन्ट उद्योगमा आगलागी
images

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नं. १६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताए । स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको थियो ।

images
प्रकाशित मिति :मंसिर ६, २०७७ शनिवार - १३:४८:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology