Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

महाेत्तरीमा भएको दुर्घटनामा एकको मृत्यु

महाेत्तरीमा भएको दुर्घटनामा एकको मृत्यु

दैनिकी न्यूज

३, मंसिर २०७७
महाेत्तरीमा भएको दुर्घटनामा एकको मृत्यु
images

पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासमा आज बिहान तेल बोकेको ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका–१० बस्ने २६ वर्षीय आशालाल परियार छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले घटनामा मोटरसाइकलमा मोटरसाइकलमा सवार उनको मृत्यु भएको बताए ।


आज बिहान तेल बोकेर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३५२१ नं को ट्याङ्करले बर्दिबासस्थित भावना पेट्रोल पम्पबाट मोटरसाइकलमा तेल भरेर निस्कँदै गरेको ग९प५३२१ नं को मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

ट्याङ्करको ठक्करबाट गम्भीर घाइते आशालाललाई उपचारका लागि बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा लगिएकामा त्यहीँ मृत्यु भएको थियो । शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । ठक्कर दिने टयाङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 

images
प्रकाशित मिति :मंसिर ३, २०७७ बुधवार - १४:१६:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology