Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दैनिकी न्यूज

३, मंसिर २०७७
दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु
images

कञ्चनपुर । मोटरसाइल दुर्घटनामा परी घाइते भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका ४० वर्षीय उत्तमसिंह धानुकको उपचारका क्रममा आज मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर–२ वाणीमा मोटरसाइकल दुर्घटनामा परी धानुक सोमबार घाइते भएका थिए । धानुकलाई तत्कालै उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा भर्ना गरिएकामा उपचारकै क्रममा मृत्यु भएको परिवारजनले जनाएका छन् ।

सोमबार दिउँसो वाणीमा म १ प ७८२३ र सुप प्र ०१–००८ प २८९ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किंदा प्रहरी सहायक निरीक्षक धीरबहादुर विष्ट, शुक्लाफाँटा नगरपालिका–१ बन्साहका धानुक र २१ वर्षीय सुनिता विष्ट घाइते भएका थिए । घाइते दुवै जनाको उपचार भैरहेको प्रहरीले जनाएको छ । रासस

images
प्रकाशित मिति :मंसिर ३, २०७७ बुधवार - ०६:३८:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology