ललितपुर । ललितपुरका विभिन्न स्थानमा चोरी भएको छ ।
गोदावारी नगरपालिका वडा नं. १२ धापाखेल बस्ने हृदय बहादुर घिमिरेको घरबाट सुनका विभिन्न गरगहना र मोती डाईमनको गरगहना समेत गरी करिब ३० लाख ७० हजार रुपैयाँ बराबरको धनमाल सोमबार चोरी भएको छ ।
यसैगरी महालक्ष्मी नगरपालिका वडा नं. ५ लुभु शितलहाइट बस्ने बालकृष्ण मगरको टहराबाट नगद १ लाख रुपैयाँ, चाँदीका गरगहना लगायत अन्य सरसामान गरी करिब १ लाख ३ हजार ८ सय ५० रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।छ ।