काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । प्रदेश नं २ र प्रदेश नं १ का तराई भु(भागमा सामान्य बदली रहि बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
देशका धेरै स्थानमा न्युनतम तापक्रम घट्नुका साथै तराई भु–भागमा बिहान पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसिर ०२ गते (मंगलबार):
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसिर ०३ गते (बुधबार):
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसिर ०४ गते (बिहिबार):
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती : प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक बदली रही बांकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।