Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

झापामा आगलागी, ७ वर्षीया बालिकाको मृत्यु

झापामा आगलागी, ७ वर्षीया बालिकाको मृत्यु

दैनिकी न्यूज

१, मंसिर २०७७
झापामा आगलागी, ७ वर्षीया बालिकाको मृत्यु
images

झापा । मैनबत्तीबाट सल्किएर भएको आगलागीमा गरी झापाको कमल गाउँपालिकामा गएराति एक बालिकाको मृत्यु भएको छ । कमल–२ स्थित थापा गाउँका ध्रुव परियारकी सात वर्षीया छोरी रेजुका परियारको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

बुबाआमा घरबाहिर रहेको र छोरी रेजुका मात्रै घरभित्र सुतिरहेको अवस्थामा राति ९ बजेतिर अचानक मैनबत्तीबाट आगो सल्किएको थियो । आगो दन्किएपछि घरभित्र रहेकी बालिकालाई बाहिर निकाल्न नसक्दा घटनास्थलमै बालिकाको मृत्यु हुन पुगेको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।

आगलागीबाट परियारको इँटाको गारो र टिनको छानो पूर्णरूपमा जलेर नष्ट हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ ।

आगो निभाउने क्रममा ग्यास सिलिण्डर पड्किएर स्थानीय २२ वर्षीय राम टुडु सामान्य घाइते भएका छन् । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको आएको प्रनाउ पण्डितले बताए । रासस

images
प्रकाशित मिति :मंसिर १, २०७७ सोमवार - ०९:३६:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology