Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

दैनिकी न्यूज

२८, कार्तिक २०७७
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
images

सप्तरी । सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका–४ का सोविन्द्र रामलाई बिहीबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए ।

शौचालय गर्न निक्लिएका बेला आरोपितले पीडितलाई बाँसको झाडीमा लगेर यही कात्तिक २० गते बलात्कार गरेको पीडितले बताए ।

यसैगरी अर्को एक घटनामा १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हनुमाननगर कङ्कालिनी नगरपालिका–४ स्थित मधवापुरको गङ्गापुरका २२ वर्षीय भुपेन्द्र सरदार बाँतरविरुद्ध बिहीबार उजुरी दर्ता भएको छ । एक्लै देखेर मौका छोपी नियन्त्रणमा लिई करकापमा पारी कात्तिक २३ गते आरोपितले उसमान मियाँको आँपको बगैँचामा बलात्कार गरेको पीडितले आरोप लगाएकी छिन् । आरोपित हालसम्म पक्राउ परेका छैनन् । रासस

images
प्रकाशित मिति :कार्तिक २८, २०७७ शुक्रवार - ०८:५७:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology