काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीमा शुक्रबार बिहान बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
हेटौँडा–नारायणगढ सडकखण्डमा पर्ने नेवारपानीमा आज बिहान करिब २ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १०८५ नम्बरको रात्रि बस र हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना २ ख ७५३८ नम्बरको डिब्बावाला ट्रक एकापसमा ठोक्किएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा सर्लाही चक्रघट्टाका अन्दाजी ४० वर्षीय राजकिशोर रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका रायको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। दुवै सवारी र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। रासस