Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

नक्कली नोट छाप्दै गरेका तीन जना रंगेहात पक्राउ

नक्कली नोट छाप्दै गरेका तीन जना रंगेहात पक्राउ

दैनिकी न्यूज

२७, कार्तिक २०७७
नक्कली नोट छाप्दै गरेका तीन जना रंगेहात पक्राउ
images

सिरहा । सिरहा जिल्लाको गोलबजार नगरपालिका ६ स्थित गोलबजारबाट नक्कली नोट छाप्दै गरेका तीन जनालाई सशस्त्र प्रहरीले रंगेहात पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको कल्याणपुर नगरपालिका ७ बस्ने २४ वर्षीय बिमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय धिरज यादब र २० वर्षीय सन्जे राय छन्।

केही ब्यक्तिहरुले नक्कली नोट छाप्ने कार्य गरीरहेको भन्ने सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश गोलबजारबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

केही दिन अघि देखि सो ठाउँमा डेरागरी बसेका उनीहरुलाई नक्कली नोट छापिरहेको अबस्थामा फेला पारिएको एपीएफले जनाएको छ।

एपीएफ टोलीले त्यसबेला एक हजार दरको एक सय ४ वटा नक्कली रुपैयाँ तथा छाप्दैगरेको एक हजार दरकै पाँच सय ८० वटा नक्कली रुपैयाँ बरामद गरेको छ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद नक्कली रुपैयाँ सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७७ बिहिवार - २०:२३:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology