Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

बैंकिङ कसुरमा संलग्न पक्राउ

बैंकिङ कसुरमा संलग्न पक्राउ

दैनिकी न्यूज

२५, कार्तिक २०७७
बैंकिङ कसुरमा संलग्न पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका–१० बानेश्वरबाट बैंकिङ कसूरमा संलग्न सप्तरी वलान–बिहुल गाउँपालिका–५ रामनगर घर भएका ३२ वर्षीय सूर्य प्रसाद साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेजमा एमबिबिएस अध्ययन गर्दा लाग्ने प्रथम किस्ता बापतको रकम १३ लाख ४१ हजार रुपैयाँ भुक्तानीको लागि साहले महालक्ष्मी बिकास बैंक बानेश्वर शाखाको चेकबाट काठमाडौं बिश्वबिद्यालयको खाता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड बनेपा काभ्रेपलाञ्चोक शाखामा दिएकोमा उक्त खातामा पर्याप्त रकम मौज्दात नभई चेक बाउन्स भएको घटनामा संलग्न उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २५, २०७७ मंगलवार - १२:३०:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology