Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

समुदायमा कोरोेना फैलिएपछि बढ्यो मृत्युदर

समुदायमा कोरोेना फैलिएपछि बढ्यो मृत्युदर

दैनिकी न्यूज

२४, कार्तिक २०७७
समुदायमा कोरोेना फैलिएपछि बढ्यो मृत्युदर
images

काठमाडौँ । समुदायमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा संक्रमितहरुको मृत्युदर बढ्दै गएको छ । गत २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ ।

योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ । बिहीबारयता तीन दिनभित्रमा देशभरीमा ७४ जनाको मृत्यु भएको छ । असोज तेस्रो सातासम्म कुल संक्रमित मध्येमा ०।५ प्रतिशत मृत्यु दर रहेकोमा कात्तिकको तेस्रो सातादेखि यता शुन्य दशमलव १ प्रतिशत बढेर ०।६ प्रतिशत पुुगेको छ ।

असोजदेखि यता नेपालमा दैनिक १४ देदि ३० जनाको दरले मृत्यु भइरहेको तथ्याकंले औंल्याएका छन् । कात्तिक २२ मा १७, २१ मा १८ जना, २० गते १८ जना र १९ गते एकैदिन ३० जनाको मृत्यु भएको छ । त्यसैगरी, कात्तिक १७ गते २४ जना, १६ गते २३ जना, १५ र १४ मा १७ जनाको दरले मृत्यु भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७७ सोमवार - ०७:२९:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology