Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि

दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि

दैनिकी न्यूज

२४, कार्तिक २०७७
दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि
images

काठमाडौं । दशैं सकिएर तिहार शुरू हुनै लाग्दा बजारमा खाद्यान्नको मूल्यमा एक्कासि वृद्धि भएको छ । दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि भएको पाइएको हो ।

खुद्रा व्यापार संघका अनुसार यति बेला दाल, तेल, चिनी र गेडागुडीलगायतका खाद्य वस्तुको मूल्य बढेको छ । दशैं अघिसम्म खुद्रा मूल्य प्रतिकिलो १ सय २० रुपैयाँमा पाइने बोडीको मूल्य अहिले २५ प्रतिशतले वृद्धि भई बजारमा १ सय ५० रुपैयाँसम्म पर्न थालेको छ । खुद्रा मूल्य प्रतिकिलो १ सय १० रुपैयाँ पर्ने चनाको मूल्य यति बेला करीब १४ प्रतिशतले वृद्धि हुँदै १ सय २५ रुपैयाँसम्म पर्न थालेको छ ।

त्यसैगरी हरियो केराउको मूल्यमा पनि प्रतिकिलो २० रुपैयाँले वृद्धि हुँदै १ सय १५ बाट १ सय ३५ रुपैयाँ पुगेको छ । प्रतिकिलो ८० रुपैयाँ पर्ने चिनी ९० रुपैयाँसम्म पर्न थालेको छ । सनफ्लावर तेलको मूल्य करीब ९ प्रतिशतले वृद्धि भई प्रतिलिटर १ सय ७० बाट १ सय ८५ रुपैयाँ पर्न थालेको छ । तोरीको तेल प्रतिलिटर १३ प्रतिशतले वृद्धि भई २ सय ३० बाट २ सय ६० रुपैयाँ पुगको छ । त्यसैगरी भटमासको तेलको मूल्य पनि करीब १४ प्रतिशतले वृद्धि हुँदै प्रतिलिटर १ सय ५० बाट १ सय ७० रुपैयाँ पुगेको छ ।

नेपालमा दशैं, तिहार र छठपर्वजस्ता चाडपर्वका समयमा तेलको माग बढ्ने भएकाले पनि मूल्य वृद्धि हुने गरेको व्यापारीहरू बताउँछन् । यद्यपि यति बेला मागमा खासै वृद्धि नभएको र आपूर्ति प्रणालीसमेत सहज रहेको कुरा व्यवसायीहरूले स्वीकार गरेका छन् । यस्तो अवस्थामा पनि मूल्य बढ्नुमा अन्तराष्ट्रिय बजार मूल्यको प्रभाव रहेको दाल, चामल तथा तेल संघका अध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् ।

यो खबर आजको आर्थिक अभियानमा प्रशान्त खड्काले लेखेका छन् ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७७ सोमवार - ०७:०९:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology