Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

आफ्नै साथीको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

आफ्नै साथीको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

दैनिकी न्यूज

२३, कार्तिक २०७७
आफ्नै साथीको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ
images

ललितपुर । ललितपुर बालकुमारी डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका–२ गरास घर भएका आफ्नै साथी ३३ वर्षीय हरि खड्काको हत्यामा संलग्न फरार अभियुक्त मकवानपुर गढी गाउँपालिका(१ बस्ने २८ वर्षीय कुमार भन्ने मान कुमार थिङलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७६ साउन २८ गते ललितपुर, ललितपुर महानगरपालिका–९ गुहे पोखरीमा खड्काको हत्या गरेको अवस्थामा शव फेला परेको घटनाको थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न थिङलाई मकवानपुर गढी गाउँपालिका(१ ठाँटीटोलबाट पक्राउ गरेको हो ।

खड्का र थिङबीच करिब ९ वर्ष अगाडिदेखि मूर्ति बनाउने काम गर्ने क्रममा एकआपसमा चिनजान भई खड्काकी श्रीमतीसँग समेत थिङको चिनजान भई मोबाइलमा मेसेज आदानप्रदान भएको कुरा खड्काले थाहा पाएपश्चात उनीहरुबीच बिवाद भएकोमा २०७६ साउन २५ गते ललितपुर, ललितपुर महानगरपालिका–९ गुहे पोखरीमा खड्कालाई बोलाएर थिङ समेतका व्यक्तिहरुले कुटपिट गरी हत्या पश्चात फरार भएको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ । घटनामा संलग्न धने भन्ने आरुष थिङ, मृतक खड्काकी श्रीमती विष्णु खड्का, दिपक बम्जन, राम बम्जन र सागर वाइवालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो ।

थिङलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २३, २०७७ आइतवार - २१:१४:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology