काठमाडौं । पूर्वसांसद एवम् तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ । उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
मिर्गौलाको रोगबाट पीडित उनी ललितपुरको पाटन अस्पतालमा उपचाररत थिए । उनी २०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर भागेका थिए जसकारण उनलाई जेल ब्रेकरको रुपमा पनि चिनिन्छ ।
उनी २०५६ सालमा मकवानपुर क्षेत्र नं। ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।