Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

घुससहित विद्युत प्राधिकरणका इन्जिनियर पक्राउ

घुससहित विद्युत प्राधिकरणका इन्जिनियर पक्राउ

दैनिकी न्यूज

२०, कार्तिक २०७७
घुससहित विद्युत प्राधिकरणका इन्जिनियर पक्राउ
images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले रु १० लाख घुस रकमसहित विधुत प्राधिकरणका इन्जिनियर ईश्वरीप्रसाद जैसवाललाई रगेंहात पक्राउ गरेको छ ।

हेटौडा–भरतपुर–वर्दघाट प्रसारण लाइन आयोजनामा कार्यरत नवौ तहका इन्जिनियर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा रहेको आयोगको टोलीले पक्राउ गरेको आयोगको कार्यालयले जनाएको छ ।

हेटौँडाको बसपार्कमा रहेको एक होटलबाट उनलाई पक्राउ गरिएको हो । ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इन्जिियिर जैसवालले रु १० लाख रकम मागेका थिए ।

उक्त अवैध रकम होटलमा लिने क्रममा उनी पक्राउ परेको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिए । रासस

images
प्रकाशित मिति :कार्तिक २०, २०७७ बिहिवार - १८:५१:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology