Logo

शुक्रवार, आश्विन ३० गते २०८३

images

गैँडाको माउ र बच्चा मृत फेला

गैँडाको माउ र बच्चा मृत फेला

दैनिकी न्यूज

२०, कार्तिक २०७७
गैँडाको माउ र बच्चा मृत फेला
images

चितवन। चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् ।


निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।


निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले गस्ती गर्ने क्रममा बुधबार दिउँसो गैँडाको माउ र बच्चा मृत फेला पारेको उनले बताए ।

मृत पोथी गैँडाको खाग नभेटिएका कारण तस्करले मारेको हुनसक्ने आशङ्का गरिएको सूचना अधिकारी रामले बताए । उनका अनुसार गएको भदौमा मृतावस्थामा भेटिएको गैँडा र बुधबार मृतावस्थामा भेटिएको गैँडाको मृत्युको प्रकृति एउटै छ ।

यस आर्थिक वर्षमा मात्रै चितवनमा ११ वटा गैँडाको मृत्यु भइसकेको छ । नौ वटा गैँडा कालगतिले मरेका निकुञ्जले जनाएको छ । सन् २०१५ को गैँडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जका ६०५ सहित नेपालमा ६४५ वटा गैँडा रहेका छन् । रासस 

images
प्रकाशित मिति :कार्तिक २०, २०७७ बिहिवार - ०९:१९:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology